सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु


  •    न्युजभित्तो/५ चैत्र २०८२, बिहीबार १६:२४ 
  • मध्यविन्दु (नवलपरासी), ५ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सञ्चालन गरिएको छ । सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको हो । 

    वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि आगामी चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।   

    जसअन्तर्गत समुदायमा वन डढेलो रोकथामसम्बन्धी सचेतना गर्ने, फायर लाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउनेलगायतका कार्य सञ्चालन गरिने भएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।  

    “प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म सचेतना मूलक रूपमा सप्ताहव्यापी कार्यक्रम गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “सप्ताहव्यापी कार्यक्रमअन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिने छ ।”  

    वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का अधिकांश सामुदायिक वनहरू डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन डिभिजन वन कार्यालय प्रमुख अधिकारीले आग्रह गर्नुभयो । 

    “वनजङ्गलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालाहरुलाई जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो, “जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापक रुपमा सूचित गरिने छ ।” 

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २१० वटा सामुदायिक वन, १८१ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एकवटा साझेदारी वन रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले बताउनुभयो । जिल्लामा ५७ दशमलव ५२ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको  छ । 

    “आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको कुल ७१ ठाउँमा वन डढेलो लाग्दा दुई हजार १५० हेक्टर वन क्षेत्रमा क्षति भएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०/८१ मा १८१ ठाउँमा वन डढेलो लाग्दा पाँच हजार २८९ दशमलव ६५ हेक्टर वन क्षेत्रमा क्षति भएको थियो ।”  

    नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले एक प्रतिशत र चार प्रतिशत बन डढेलोका कारण थाहा नभएको अधिकारीले जानकारी दिनुभयो ।   

    “घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठूलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

    डढेलोले जन, धन, वन र जैविक विविधता  तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।  

    नेपालमा प्रत्येक वर्षको चैत १ देखि ७ गते सम्म ‘वन डढेलो सचेतना सप्ताह’ र वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु संरक्षण सप्ताह’का रूपमा मनाउने गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
    सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
    • ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा
    • मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    • ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.