सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव


  •    न्युजभित्तो/४ चैत्र २०८२, बुधबार १५:४४ 
  • काठमाडौँ, ४ चैत । किराँतकालदेखि मानव बस्तीका रूपमा विकास हुँदै आएको गोकर्णेश्वर नगरपालिका-४ स्थित ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’का युवाहरू त्यहाँको मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् । 

    नेवाः देय् दबू गोकर्णेश्वर नगर समितिले आज ‘ऐतिहासिक गोकर्ण देशे गाउँ’ मा आयोजना गरेको पत्रकार सम्मेलनमा यस क्षेत्रको मौलिक संस्कृति, वेषभूषा, बाजागाजाको संरक्षणका लागि यही चैत १४ गते गोकर्णेश्वर मौलिक, सांस्कृतिक तथा नेवारी खाजा महोत्सव गर्न लागिएको जानकारी दिइएको हो । 

    किराँतकालका राजा पटुकका बेला बसेको यहाँको ऐतिहासिक बस्तीको मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारका लागि कार्यक्रम गर्न लागिएको दबूका अध्यक्ष शिवहरि श्रेष्ठले जानकारी दिनुभयो । 

    ‘ऐतिहासिक गोकर्ण देशे गाउँ’ मा रहेको त्यसबेलाको राजधानी सोमवंशीले आक्रमण गरेपछि शङ्खमूल सारिएको प्रसङ्ग पनि यहाँका स्थानीय बूढापाकाले सुनाउने गरेका छन् । ऐतिहासिक बस्ती, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान भए पनि यहाँको संस्कृति र मौलिकता क्रमशः लोप हुन थालेकाले महोत्सव आयोजना गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.