सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण


  •    न्युजभित्तो/४ चैत्र २०८२, बुधबार १४:४७ 
  • नेपालगञ्ज, ४ चैत । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो ।

    वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो । खास गरी शम्शेरगञ्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्र्तगत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको उहाँले जानकारी दिनुभयो ।  

    सूचना अधिकारी गुरुङले जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासङ्घको समन्वयमा डढेलो नियन्त्रणका कार्यक्रम ल्याइएको उल्लेख गर्दै छ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको बताउनुभयो । “हामीसँग भएको स्रोत र साधनका हिसाबले हामी डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा बसेका छौँ”, उहाँले भन्नुभयो । 

    गुरुङले आगलागी भएपछि दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गर्ने उल्लेख गर्नुभयो । बाँकेमा गत वर्ष डढेलो नलागे पनि अघिल्लो वर्ष डढेलो लाग्दा ठूलो मात्रामा वन्यजन्तु मरेका थिए ।  

    वन डिभिजन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिँदै उहाँहरूले आगलागी हुन नदिन योजनाबद्ध काम गर्ने बताउनुभयो । उहाँले शम्शेरगञ्ज सब डिभिजन वन कार्यालयअन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको वनमा छ÷छ जनाको अग्निनियन्त्रण हेरालु रहेका उल्लेख गर्नुभयो । 

    प्रमुख अग्निनियन्त्रण हेरालुले फायरलाइन सफा गर्नुका साथै त्यसको संरक्षण गर्ने गुस्ताले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकामा त्यसलाई बढाएर १२० किलोमिटर पु¥याइएको छ । उहाँले शम्शेरगञ्जमा रु २५ लाखको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयाङ्क’ समेत निर्माण भएको उल्लेख गर्दै डढेलो नियन्त्रणमा त्यसले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    डढेलोका जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना 

    बाँकेमा गर्मीयाम सुरु भएपछि चल्ने तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले आगलागी, वन डढेलो, तातो हावा (लु) तथा हावाहुरीबाट हुनसक्ने क्षतिलाई रोकथाम तथा न्यूनीकरण गर्न पूर्वतयारीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । 

    बैठकले यसअघि भएका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना अघि बढाउने सहमति पनि गरेको जनाएको छ । बैठकमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लु) तथा वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ माथि विस्तृत छलफल भएको थियो । 

    गर्मी बढेसँगै आगलागी तथा वन डढेलोका घटना बढ्ने जोखिम रहेकाले डिभिजन वन कार्यालयलाई आगलागी रोकथामका लागि छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ । वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक उपकरण व्यवस्थापनका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.