सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन


  •    न्युजभित्तो/३ चैत्र २०८२, मंगलवार १२:३४ 
  • टक्सार (भोजपुर), ३ चैत । सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । 

    चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । 

    सोही क्रममा आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरुको हातमा रहेको प्लेकार्डमा वनजङ्गलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नारा थिए ।

    डिभिजन वन कार्यालयका अधिकृत कपिल देव अधिकारीले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । 

    प्रभातफेरीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

    जिल्लामा आगामी चैत ७ गतेसम्म वन डढेलो व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु हुनेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.