सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण


  •    न्युजभित्तो/३ चैत्र २०८२, मंगलवार १२:२८ 
  • मध्यविन्दु (नवलपरासी), ३ चैत । नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ ।

     सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको हो । फागुनको अन्तिम साताबाट सुरु भएको सो तटबन्ध निर्माणको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार स्थलगत अनुगमन गर्नुभएको छ । 

    निरीक्षणका क्रममा सचिव दवाडीले नारायणी नदी किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “सुस्ता क्षेत्रको संरक्षणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाएको छ,” उहाँले भन्नुभयो, “यहाँ भइरहेको सरकारी लगानीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएकी हुँ ।”

    आयोजना प्रमुख सुवेदीले वर्षायाम अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ फिल्डमै अस्थायी कार्यालय स्थापना गरी २४ घण्टा कर्मचारीको निगरानीमा काम भइरहेको जानकारी दिनुभयो ।

    अनुगमनका क्रममा सचिव दवाडीले आयोजनाको कामप्रति प्रशंसा गर्दै तटबन्ध निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.