सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास


  •    न्युजभित्तो/२ चैत्र २०८२, सोमबार १४:१५ 
  • भक्तपुर, २ चैत । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उहाँले सो सडकको शिलान्याससँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताउनुभयो ।

    प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सो सडक निर्माण एवं स्तरोन्नतीका लागि रु ३० करोड बजेट विनियोजित गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने मन्त्री थापाले बताउनुभयो । 

    पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर आजैदेखि निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिका भित्र रहेका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.