सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै


  •    न्युजभित्तो/१ चैत्र २०८२, आईतवार १३:२० 
  • काभ्रेपलाञ्चोक, १ चैत । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । 

    लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि स्तरोन्नतिलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त खण्डमा पक्की बनाउन यही चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशले जानकारी दिनुभयो । 

    उक्त अवधिभर टिपरसहित मालवाहक सवारीसाधानलाई पूर्णतः रोक लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैत महिनामा दुई दशमलव पाँच किमी र आगामी वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ । 

    उक्त सडकखण्डमा हाल ‘सिसीटिभी’ हाल्ने तयारी गरिएको सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताउनुभयो । “त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ”, उहाँले भन्नुभयो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको स्तरोन्नतिका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरेपछि विभिन्न स्थानमा कटिङको काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । 

    कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सिएन एवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह ९सर्फेस्०को काम नभएको भन्दै चिसो कम हुँदै गएपछि पक्की बनाइने योगेशले बताउनुभयो । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी काम गरिने उहाँको भनाइ छ । 

    सात मिटर चौडाइको बन्ने उक्त सडकका विभिन्न खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने सिनियर डिभिजनल इञ्जिनियर योगेशले जानकारी दिनुभयो । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको स्थानीय बताउँछन् । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।

    उक्त सडक नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशले बताउनुभयो । जिल्ला सदरमुकाम धुलिखेल(खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी(पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले विसं २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी(पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । 

    अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

    उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.