सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने


  •    न्युजभित्तो/१ चैत्र २०८२, आईतवार १२:०६ 
  • गुल्मी, १ चैत । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिनुभएको छ ।

    प्रशासनले उक्त सडक स्तरोन्नतिको गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र आवागमन गर्न आग्रह गरेको छ । कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

    कार्यालयले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४सै घण्टा बन्द रहने जनाएको हो ।

    सडक डिभिजन कार्यालयले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आंशिक रूपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो । जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको बुर्तिबाङसम्म सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडकअन्तर्गत पर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.