सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन


  •    न्युजभित्तो/२९ फाल्गुन २०८२, शुक्रबार १५:१२ 
  • काठमाडौँ, २९ फागुन । वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ ।

    दस वर्षदेखि तयारी गर्दै आएको उक्त रणनीति फागुन १५ गते देखि स्वीकृत भई लागू गरिएको हो । आज मन्त्रालयले कार्यक्रम आयोजना गरी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागार्इंले रणनीति दस्तावेज सार्वजनिक गर्नुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रमा लैङ्गिक सहभागिताले महिलाको नेतृत्व विकासमा ठूलो टेवा पुर्याएको छ ।” 

    मन्त्री चौलागाईंले हालै पारित भएको रणनीतिलाई सबै क्षेत्रमा व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । साथै, नीतिसँगै नियती बदलेर लैङ्गिकमैत्री कार्यस्थल बनाउन समेत उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रणनीति आउनु आफँैमा पहिलो सफलता रहेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न सम्बन्धित क्षेत्रको प्रमुख दायित्व हुने बताउनुभयो । लैङ्गिक मैत्री समाजिक न्याय स्थापना गर्न आवश्यक बजेटको समेत महत्व हुने हुँदा यसतर्फ संवेदनशील हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यरत विभिन्न विभागका लैङ्गिक सम्पर्क व्यक्तिलाई कदरपत्रसहित सम्मान गरिएको थियो । 

    सो अवसरमा वन मन्त्रालयका उपसचिव दीपा ओलीले हालै लागू गरिएको वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना ९२०८२–२०९१० मा समावेश गरिएका महत्वपूर्ण बुँदा प्रस्तुत गर्नुभयो । विभिन्न ७४ रणनीतिअन्तर्गत कार्ययोजना समेटिएको छ । जसमा हरेक पाँच वर्षमा रणनीति तथा कार्ययोजनाको पुनरावलोकन गर्ने तथा हरेक तीन वर्षमा वन क्षेत्रमा लैङ्गिक मूलप्रवाहीकरण राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने उल्लेख छ ।

    त्यस्तै, रणनीतिमा महिला कर्मचारीलाई वन परिसरमा सुविधायुक्त शिशु स्याहार केन्द्रको स्थापना र सञ्चालन गर्ने, महिला कर्मचारी सरुवा गर्दा बच्चा भएको दुई वर्षसम्म साथै माग भई आएमा श्रीमान्–श्रीमती दुवैलाई एकै जिल्लामा हुनेगरी सरुवा मापदण्ड बनाई कार्यान्वयन गर्ने, अपाङ्गमैत्री सवारीसाधनको व्यवस्था मिलाउने, कार्यालयमा रहेका स्रोत र साधन महिला एवं अपाङ्ग मैत्री बनाउनेलगायतका बुँदा समावेश गरिएको छ ।

    कार्यक्रममा सामुदायिक वनका महासचिव पार्वता गौतम, वन प्राधिकरण सङ्घका अध्यक्ष राकेश कर्ण, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, लैङ्गिक समानता विज्ञ कञ्चन लामालगायतले रणनीतिको महत्वबारे धारणा राख्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता
    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
    • विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    • पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    • अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.