सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत


  •    न्युजभित्तो/२९ फाल्गुन २०८२, शुक्रबार १२:१६ 
  • दमौली (तनहुँ), २९ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो ।

    यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिनुभयो । 

    वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत रु ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ५ सुदीप गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ मानबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको उहाँले बताउनुभयो । 

    वडा नं ५ वीरबहादुर कामीलाई गोरु क्षतिबापत रु १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत रु ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत रु १८ हजार, निमबहादुर भुजेललाई गोरु क्षतिबापत रु १८ हजार र जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको छ । 

    पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।

    गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ । 

    अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई रु दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई रु एक लाख ५० हजार तीन सय, वडा नं ६ का १७ जना कृषकलाई रु दुई लाख ६५ हजार ५०० राहत वितरण गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.