सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले


  •    न्युजभित्तो/२९ फाल्गुन २०८२, शुक्रबार १२:०० 
  • मुना (म्याग्दी), २९ फागुन । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ ।

    पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक ढोरपाटन–बेनी हुँदै काठमाडौँ गएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले सवारी सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि केही दिनअघि मार्ग खुलेको सडक प्रयोग गरेर बेनी हुँदै काठमाडौँ गएको बताउनुभयो ।

    “सडक मार्ग नहुँदा पोखरा हुँदै काठमाडौँ जान ढोरपाटन–बेनीको बाटो प्रयोग गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “पुरानो पदमार्गलाई आधार मानेर अहिले खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पूर्वी, पश्चिमरुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा–काठमाडौँ आवातजावत गर्न छोटो र सजिलो हुन्छ ।”

    तकसेरादेखि गाडीमा पाँच घण्टाको यात्रापछि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा आइपुगेका अध्यक्ष पुनको टोलीलाई उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत गर्नुभयो ।

    “बेनीदेखि मुना–खोरिया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने ७५ किलोमिटर दूरीको सडकको गत पुसमा मार्ग खुलेको थियो”, धवलागिरिका उपाध्यक्ष पुनमगरले भन्नुभयो, “ढोरपाटन र तकसेरा सडकको यही फागुन तेस्रो साता मार्ग खुलेकाले हिउँदयाममा जीप र मोटरसाइकलमा यात्रा गर्न सकिने भएको छ ।”

    स्तरोन्नति गर्न र खोलामा मोटर चल्ने पुल बनाउन बाँकी यो सडकले ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकलाई पनि सहज हुने धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । हाल प्रयोगमा आइरहेको बागलुङदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ ।

    नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पमा छोटो दूरीको सडकका रूपमा विकास हुने सम्भावना छ । बेनीदेखि २०५५ सालमा यो सडक निर्माण सुरु भएको थियो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ५० किलोमिटर दूरी छोटो भएको बताउनुभयो ।

    बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम–मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुईवटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०ले बताउनुभयो ।

    मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वीरुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

    हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वीरुकुमबाट निर्वाचित हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत माघ २८ बेनीमा भएको कार्यक्रममा म्याग्दीदेखि ढोरपाटन हुँदै तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

    पूर्वीरुकुम, म्याग्दी र बागलुङको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीहरूको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत धेरै अवसर छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.