सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा


  •    न्युजभित्तो/२८ फाल्गुन २०८२, बिहीबार १५:३९ 
  • सिरहा, २८ फागुन । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् ।

    धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र महासेठका अनुसार आँप प्रायः एक वर्ष विराएर फल्ने भएकाले यसवर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मञ्जरी लागेको हो । “आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ । यसवर्ष उत्पादन बढ्ने सङ्केत गरेको छ । मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ,” उहाँले भन्नुभयो ।

    उहाँका अनुसार मञ्जरी जोगाउन किसानले एक पटक औषधि छरिसकेका छन् भने चिचिला लागेपछि फेरि औषधि छर्ने तयारी गरिरहेका छन् । जिल्लाका १७ वटै पालिकाका कृषि शाखासँग समन्वय गरेर किसानलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।

    सिरहामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँपखेती हुने गरेको छ । आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान पछिल्लो समय यसतर्फ आकर्षित हुँदै गएका छन् ।

    धनगढीमाई नगरपालिका– १३ का किसान रामनारायण यादवले यसवर्ष आँपबाट राम्रो उत्पादन हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बगैँचामा यसवर्ष धेरै मञ्जरी लागेको छ । समय–समयमा औषधि छर्ने र बोटको स्याहार–सम्भार गर्ने काम गरिरहेका छौँ । मौसम अनुकूल रहे राम्रो उत्पादन हुने आशा छ ।”

    अहिलेसम्म वर्षा नभएकाले आँपमा मधुवा रोग नदेखिएको स्थानीय कृषि प्राविधिकले बताएका छन् । यसवर्ष आँप ‘ब्रान्डिङ’ गरी बाहिरी बजारमा पठाउने तथा बजार व्यवस्थापनका लागि कृषि ज्ञान केन्द्रले तयारी गरिरहेको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.