सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससद्वारा पोखरामा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणको पहल


  •    न्युजभित्तो/२८ फाल्गुन २०८२, बिहीबार १५:१९ 
  • गण्डकी, २८ फागुन । राष्ट्रिय समाचार समिति (रासस)ले गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ निर्माणका लागि पहल अगाडि बढाएको छ ।

    आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उक्त अनुसन्धान केन्द्र निर्माणसम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको । सो अवसरमा मुख्यमन्त्री पाण्डेले आमसञ्चार विकास तथा अनुसन्धान केन्द निर्माण गर्ने राससको प्रस्तावप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

    “आमसञ्चार क्षेत्रको विकासका लागि राससले अगाडि सारेको योजना समयसापेक्ष र महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राससबाट प्राप्त प्रस्तावलाई थप अध्ययन गरी आवश्यक निर्णयमा पुग्छौँ ।”

    उहाँले सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचारमार्फत आम नागरिकलाई सूसुचित गराउँदै आएको मुलुकको एकमात्र समाचार समिति रासससँग प्रेदश सरकारले सहकार्य र समन्वय गर्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष झाले राससले आफ्नो सेवा विस्तारसँगै प्रदेश सरकार र स्थानीय तहसँग सहकार्यको नीति लिएको बताउनुभयो ।

    पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित राससको गण्डकी प्रदेश कार्यालय रहेको स्थानमा आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माण गर्न आर्थिकलगायत आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग प्रस्ताव अगाडि बढाइएको उहाँको भनाइ छ । कार्यकारी अध्यक्ष झाले राससको प्रस्तावमा प्रदेश सरकारको सकारात्मक दृष्टि रहने विश्वास व्यक्त गर्नुभयो ।

    “प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापन गरोस् भन्ने राससको माग र अपेक्षा छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “प्रदेश संरचनामा गइसकेको राससको सेवा विस्तार र स्तरोन्नतिमा प्रदेश सरकारले पनि अपनत्व लिनुपर्छ ।”

    गण्डकी प्रदेशभित्रका समाचार, तस्बिर, श्रव्य र श्रव्यदृश्य सामग्री प्राथमिकताका आधारमा सम्प्रेष्ण गर्ने विषयमा प्रदेश सरकारसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो । “गण्डकी प्रदेश सरकारका काम कारबाही, नीति तथा योजनाबारे समाचार सम्प्रेषण गरी आम नागरिकसम्म पु¥याउन राससले प्रदेश सरकारसँग सहकार्य गर्दै आएको छ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “आगामी दिनमा प्रदेश सरकारसँगको सहकार्य र समन्वयलाई थप सुदृढ पार्न रासस तयार छ ।”

    नयाँ बजारस्थित राससको आफ्नै जग्गामा उक्त केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत तयार भइसकेको छ । करिब तीन रोपनी क्षेत्रफलको उक्त जग्गामा भूमिगत पार्किङसहितको व्यावसायिक भवन बनाउने राससको योजना छ । ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’ रहने उक्त भवनमा सुविधासम्पन्न कार्यालय, सभाकक्ष, रेडियो, टेलिभिजन स्टुडियो, खाजाघर, भोजनालयलगायत संरचना बन्ने जनाइएको छ ।

    प्रदेश सरकारसँगको साझेदारीमा बन्ने उक्त केन्द्रमार्फत नागरिकको सूचनाको हक सुनिश्चित गर्न, सङ्घ, प्रदेश र स्थानीय तहका निर्णय सहज रुपमा प्राप्त गर्न, डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास र पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुग्ने राससले विश्वास लिएको छ । प्रदेशस्तरमा डिजिटल साक्षरता र पारदर्शी प्रशासनलाई सुशासन कायम गर्नमा सहयोग पु¥याउने अपेक्षा लिइएको छ । मुख्यमन्त्री पाण्डेसँगको भेटमा कार्यकारी अध्यक्ष झासहित, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललगायतको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.