सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता


  •    न्युजभित्तो/२८ फाल्गुन २०८२, बिहीबार १३:५२ 
  • काभ्रेपलाञ्चोक २८ फागुन । काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।

    गत भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न भएकाविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले निरन्तर अनुसन्धान गरी नौ मुद्दा दर्ता गरेको जनाइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल र पनौती नगरपालिका ३ कुशादेवीस्थित गोपी थापाले दर्ता गरेको आपाराधिक उपद्रवविरुद्धको अभियोग दर्ता भएको थियो भने पछिल्ला महिनामा छ मुद्दा प्रहरीमा दर्ता गरिएका थिए । जिल्लास्थित सहायक जिल्ला न्यायाधिक्ता निष्ठा कर्माचार्यका अनुसार पनौतीका तत्कालीन नेपाली कांग्रेसका केन्दीय सदस्य शिवप्रसाद हुमागार्इं, पनौती नगर उपप्रमुख गीता बञ्जारा, पनौती नगर पूर्वप्रमुख भीम न्यौपाने तथा उहाँको छोरा दीपक न्यौपाने र २ नं वडाका अध्यक्ष पुरुषोतम अधिकारी तथा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जूलगायतले दिएको जाहेरीका आधारमा दर्जनौँ व्यक्तिविरुद्ध आपाराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो ।

    हुमागार्इंको जाहेरीमा ६ जनाविरुद्ध, अधिकारीले १४ जनाविरुद्ध, जाहेरीमा ११ जनाविरुद्ध, न्यौपानेद्वयले २०÷२० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै नगरप्रमुख रामशरण भण्डारीले दिएको जाहेरी भने तामेलीमा राखिएको जनाइएको छ । यसअघि आरोप लागी पक्राउ गरिएका अधिकांश धरौटीमा छुटेका छन् । निर्वाचनअघि सरकारले परिपत्र गरेपछि हिरासतमा रहेकलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

    पूर्व नगरप्रमुख न्यौपानेले गत भदौ २४ गते घरमा भएको आगलागीका कारण रु ९४ लाख ९३ हजार ५१० क्षति भएको जाहेरीमा उल्लेख गर्नुभएको छ । यस्तै दीपक न्यौपानेको जाहेरीमा रु ६० लाख ६२ हजार २८५, बञ्जाराको जाहेरीमा रु ८४ लाख १३ हजार क्षति भएको उल्लेख गरिएको छ । त्यस्तै अधिकारीले रु ६ लाख ५६ हजार, हुमागार्इंको रु ३६ लाख ७४ हजारको क्षति भएको उल्लेख छ ।

    यसैगरी ब्याञ्जूको किटानी जाहेरीमा करिब रु ६० लाख क्षति भएको उल्लेख गरिएको छ । किटानी जाहेरी दर्ता गर्नेले आफ्नो घरमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको उल्लेख गरेका छन् । जिल्ला प्रहरी प्रमुख कोमल शाहले दर्ता भएका मुद्दामा संलग्न भएकाको खोजीकार्य एवं थप अनुसन्धान भइरहेको बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति प¥याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको थियो । उक्त आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.