सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण


  •    न्युजभित्तो/२७ फाल्गुन २०८२, बुधबार १६:०१ 
  • म्याग्दी, २७ फागुन । रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । 

    राहुघाट नदीको किनारमा ५३ मिटर दूरीमा नदीको सतहबाट दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्याबियन भरेर पर्खाल निर्माण भएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । 

    आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु दुई करोड १३ लाख ६६ हजार ८७८ लागत अनुमान गरिएको उक्त योजनाका गत भदौ ४ गते गुरुङ बाजे मण्डली जेभीसँग रु एक करोड ४२ लाख ५३ हजार ६४६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यभन्दा चार महिनाअघि काम सम्पन्न गरेको हो । 

    नदीमा पानीको सतह घटेपछि पुस महिनामा राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिएको थियो । काम थालेको दुई महिनामायोजना सम्पन्न भएको हो । गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको छ । साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तीर्थयात्रीहरुलाई बसोबासको व्यवस्था मिलाइएको छ । 

    यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सञ्चालन भएका आयोजना कार्यालयका प्रमुख विदुुरमान श्रेष्ठले बताउनुभयो ।

    सम्बद्ध कम्पनीहरूले ती योजनाको निर्माण कार्यलाई बर्खाअघिनै सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएका आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ती आयोजनाहरूको कूल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.