सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’


  •    न्युजभित्तो/२७ फाल्गुन २०८२, बुधबार १५:५५ 
  • काठमाडौँ, २७ फागुन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ । 

    ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई थप मजबुद बनाएको धारणा राख्नुभयो । उहाँले प्राप्त मतपरिणामले नेपाली जनताले परिवर्तनसहित सुशासन र समृद्धिको चाहना राखेकाले अब बन्ने सरकारले जनहितका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई ट्रान्सपरेन्सी इन्टरनेसनलका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिनुभएको छ । उहाँले अब बन्ने सरकारले युवापुस्ताको भावना र मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

    निर्वाचनमार्फत नेपाली नागरिकद्वारा प्रस्तुत विश्वासलाई अब गठन हुने प्रतिनिधिसभा र सङ्घीय सरकारले पूर्ण सम्मान गरोस्, युवाहितका पक्षमा काम गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायमलगायत विषय केन्द्रमा राखेर काम गर्नुपर्ने शर्माको भनाइ छ । निर्वाचनमा मत माग्दा जनतासामु गरिएका वाचाप्रति पूर्ण प्रतिबद्व रही आमनागरिकले सुशासनको स्पष्ट अनुभूति गर्नेगरी सरकारले काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वास लिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.