सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता


  •    न्युजभित्तो/२६ फाल्गुन २०८२, मंगलवार १७:१६ 
  • काठमाडौँ, २६ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । 

    त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै र भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दूरसञ्चार र ‘साइबर क्राइम’ लगायत क्षेत्रमा सहयोग र सहकार्य आवश्यक भएको बताउनुभयो ।

    चिनियाँ राजदूतले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकारलाई धन्यवाद दिनुभयो । साथै उहाँले आपसी सम्बन्धलाई सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.