सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ


  •    न्युजभित्तो/२६ फाल्गुन २०८२, मंगलवार १४:४३ 
  • काठमाडौं, २६ फागुन । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । 

    बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका–४ बाट सोही उपमहानगरपालिका–१८ का जेम्स राई र सोही उपमहानगरपालिका–१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बाट सोही नगरपालिका–७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

    मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका–२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ । 

    कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१९ धामी चोकबाट सोही उपमहानगरपालिका–१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन् । 

    यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–१ अमौरीबाट जानकी गाउँपालिका–२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । बाँके, कोहलपुर नगरपालिका–११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन् । 

    कास्की, पोखरा महानगरपालिका–९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.