सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने


  •    न्युजभित्तो/२६ फाल्गुन २०८२, मंगलवार १४:४१ 
  • काठमाडौँ, २६ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । 

    नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । 

    उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, ५६ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ । 

    शाखा प्रमुख गौतमले अहिले सङ्घ, प्रदेश कार्यालयबाट उक्त ठाउँमा चिकित्सकसहितको टोली पुगेर दादुरा महामारी नियन्त्रणको काम भइरहेको बताउनुभयो । उहाँले यही फागुनको पहिलो साता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको जानकारी दिनुभयो । “भारतबाट आएका एक जना बिरामी कसैलाई नभनी उपचार गर्न अस्पताल पुगेका थिए । अनि तिनै बिरामीबाट अन्य मानिसमा दादुरा फैलिएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “एक जना सङ्क्रमितबाट अर्कोमा फैलिन १४ दिन लाग्ने भएकाले भर्खरै उक्त ठाउँमा दादुरा फैलिएको थाहा भएको हो ।”

    दादुरा अत्यन्तै सङ्क्रामक भएकाले एक जना सङ्क्रमितले १८ जनासम्म सङ्क्रमण सार्न सक्दछ । शाखा प्रमुख गौतमले १४ बिरामीको दादुरा परीक्षणका लागि आवश्यक नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल त्यस क्षेत्रमा दादुराझैँ देखिने ३० जना बिरामी भर्ना भएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.