क्रिकेट रङ्गशालामा भब्य समारोहबीच धनधान्याचल शुरु, मह जोडीसहित खेलाडीहरुद्वारा उद्घाटन
न्युजभित्तो/१९ माघ २०७६, आईतवार १७:१५
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले आइतबारदेखि धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवको मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित २१ खेलाडीले भब्य समारोहबीच उद्घाटन गर्नुभयो ।
धनधान्याचल महोत्सव उद्घाटनअघि मध्यान्ह मङ्गलपुरबाट झाँकीसहितको वृहत शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न संघ संस्थाको ब्यानरसहित हजारौँ नागरिकको उपस्थिति रहेको थियो । मङ्गलपुर बजारबाट शुरु भएको शोभायात्रा गाविसचोक हुँदै रङ्गशालाको धनधान्याचल महोत्सव परिसरमा पुगेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले रङ्गशाला निर्माणका लागि चितवन एक ढिक्का भएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक विचार, जात धर्म भन्दा माथि उठेर यो महान अभियान सफल बनाउन चितवन जुरुक्कै उठेको अनुभुति आफुलाई भएको बताउनुभयो । कलाकार श्रेष्ठले चितवनवासीले देशकै नमूना परोयोजना निर्माणमा देखाएको एकताले संसारभर सकारात्मक सन्देश जाने पनि बताउनुभयो ।
अर्का बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले चितवनमा निर्माणाधीन रङ्गशाला देशकै गहना भएको र रङ्गशालाले चितवनको महत्त्व अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । रङ्गशाला निर्माण सम्पन्न भएपछि नेपाली खेलाडीहरुसहित सम्पूर्ण नेपालीहरुको छाती गर्वले फुल्ने उहाँको भनाई थियो । उहाँले यो अभियानमा दिल खोलेर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।
पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक एवम् रङ्गशाला खेलकुद समितिका संयोजक दीपक बिष्टले आफ्नो पालोमा यस्तो रङ्गशालामा खेल्ने मौका नपाए पनि भावी पीँढिले अवसर पाउन लागेकामा निकै खुशी लागेको बताउनुभयो ।
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले २०४६ र २०६२–०६३ को आन्दोलन पछि चितवनमा पहिलो पटक यति धेरै जना जागरुक भएका बताउनुभयो । उहाँले भन्नुभयो– ‘२०४६ र २०६२–०६३ को आन्दोलनमा चितवनवासी जसरी उठेका थिए आज मलाई त्यही अनुभूति भयो, यो जनलहरले रङ्गशाला बन्छ भन्ने विश्वास दिलाएको छ ।’ उहाँले आफ्नो एक महिनाको तलबभत्ता ५४ हजार रुपैयाँ रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले नेपालमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला नहुँदा देशमै खेल खेल्न नपाएको भन्ने चौतर्फी गुनासोपछि आफुहरु यो अभियानमा लागेको बताउनुभयो । ‘यो पवित्र कार्यको लागि आज चितवनमा जसरी जनलहर नै उर्लियो यो देशकै पहिलो पटक हो । स्रोत र साधनको व्यवस्था भए दुई वर्ष भित्र रङ्गशाला बन्नेमा दुईमत छैन’ कट्टेलले भन्नुभयो । कट्टेलले रङ्गशालामा ७७ जिल्लाको ७७ वटा कक्ष राखिने बताउँदै सबै जिल्लालाई आ–आफ्नो कक्ष निर्माणमा सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
धनधान्याचल महायज्ञका प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेलले यो अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो । उहाँले महायज्ञमा आर्थिक सहयोगका लागि देश विदेशबाट धेरै भक्तजनहरु आउने तयारीमा रहेका बताउँदै रङ्गशाला बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले महायज्ञमा आफु लिन भन्दा पनि दिन आएको बताउँदै रङ्गशाला निर्माणका लागि आफ्नो तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि चितवनका सबै राजनीतिक दलहरु एक भएर अघि बढेको बताउनुभयो । चितवनवासी लगायत सम्पूर्ण नेपालीलाई यो अभियान सफल बनाउनका लागि धनधान्याचलमा सहयोग गर्नसमेत उहाँहरुले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश साँसद कृष्ण भूर्तेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, धनधान्याचल महोत्सव मूल आयोजक समितिका महासचिव दिनेश कुमार चुके लगायतले मन्तव्य राख्नुभएको थियो । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य राख्नुभएको उद्घाटन कार्यक्रम मूल आयोजक समितिका संयोजक विजय सुवेदीको अध्यक्षतामा भएको थियो ।
महोत्सवमा सोमबारदेखि पण्डित दिनबन्धु पोखरेलबाट श्रीमद्भागवत महापुराणमा वाचन हुनेछ । यस्तै, भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, साँस्कृतिक कार्यक्रम समेत हुनेछ ।
२६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रुपैयाँ सङ्कलन हुने र ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भईरहेको छ ।