सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डुबेर एक युवकको मृत्यु


  •    न्युजभित्तो/२५ फाल्गुन २०८२, सोमबार १५:२६ 
  • गुल्मी, २५ फागुन । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

    स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएको र उहाँ घर फर्केपछि स्थानीयवासी र प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.