सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो


  •    न्युजभित्तो/२५ फाल्गुन २०८२, सोमबार १४:४५ 
  • कर्णाली, २५ फागुन । सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो भएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी पहिलो भएको हो । 

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० हजार ५२७ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ । समानुपातिकतर्फ नेकपा एमालेले १६ हजार ९५२, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १४९ र श्रम संस्कृति पार्टीले ९५२ मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ बनेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

    एक लाख २२ हजार ९०२ कुल मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार २८९ मत खसेको थियो । ६७ हजार ३०७ मत सदर हुँदा एक हजार ९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ सुर्खेतले जनाएको छ ।

    त्यसैगरी, एक निर्वाचन क्षेत्र भएको जुम्लामा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टीले १० हजार २०२ मत ल्याएर पहिलो भएको हो ।

    त्यसैगरी, नेपाली कांग्रेसले नौ हजार ३६०, नेकपा एमालेले छ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ र नेपाल मजदुर किसान पार्टीले एक हजार ४२१ मत प्राप्त गरी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौँ र छैटौँ भएका हुन् । ७३ हजार ७३९ कुल मतदाता सङ्ख्या भएको जुम्लामा ४१ हजार ४५१ मत खसेको थियो । ४० हजार ११९ मत सदर हुँदा एक हजार ३३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

    त्यस्तै, एक निर्वाचन क्षेत्र भएको सल्यानमा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार समानुपातिकतर्फ रास्वपाले २५ हजार ६६५ मत प्राप्त गरी पहिलो भएको हो । 

    त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।

    समानुपातिकतर्फ नेपाली कांग्रेसले १६ हजार ६९, नेकपा एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो र पाँचौँ बनेको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी दिनुभयो । एक लाख ६२ हजार ५४५ कुल मतदाता रहेको उक्त क्षेत्रमा ८३ हजार ८२५ मत खसेको थियो । ८० हजार ७९० मत सदर हुँदा तीन हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.