सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङमा साढे १० हजार बढी मत बदर


  •    न्युजभित्तो/२५ फाल्गुन २०८२, सोमबार १२:२९ 
  • दाङ, २५ फागुन । दाङमा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो । 

    लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४।२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ । 

    त्यस्तै, क्षेत्र नं ३ मा ८८ हजार ६१७ मत खसेकामा तीन हजार ७७६ मत बदर भएको छ भने क्षेत्र नं २ मा ८२ हजार ३०५ मत खसेकामा दुई हजार ८६५ मत बदर भएको छ । तर, जिल्लामा विगतका भन्दा भने यो निर्वाचनमा बदर मत घटेको छ । २०७९ सालको निर्वाचनमा चार लाख १४ हजार ९५६ मत खसेकामा १४ हजार ७०९ मत बदर भएको थियो । जुन ५।९२ प्रतिशत थियो । 

    विगतमा गठबन्धन दलहरूबीच निर्वाचन हुने हुँदा चुनाव चिह्नमा समस्या हुने गरेको भए पनि अहिले त्यस्तो समस्या नरहेकाले पनि बदर मत केही घटेको हुन सक्ने सूचना अधिकारी कुँवरले बताउनुभयो । यद्यपि उल्लेख्य रूपमा भने नघटेको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.