सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित


  •    न्युजभित्तो/२४ फाल्गुन २०८२, आईतवार १२:१६ 
  • काभ्रेपलाञ्चोक, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । 

    काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याउनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अमी लामाले १३ हजार ८१४ मत प्राप्त गर्नुभयो । 

    यसैगरी काभ्रेपलाञ्चोक–२ बाट रास्वपाका उमेदवार बदनकुमार भण्डारी ३५ हजार ४७६ मतान्तरले निर्वाचित हुनुभएको छ । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको छ । त्यस्तै यस क्षेत्रमा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० र नेकपाका बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्नुभयो । 

    काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १० हजार ३९ मत बदर भएको छ । तीन लाख २६ हजार ६११ मतदाता रहेकामा ५९ प्रतिशत मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.