सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित


  •    न्युजभित्तो/२२ फाल्गुन २०८२, शुक्रबार १३:१५ 
  • मुस्ताङ, २२, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    एमाले उम्मेदवार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गर्नुभएको छ ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले १५१, उज्यालो नेपाल पार्टीका डा सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले नौ मत र मङ्गोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले तीन मत प्राप्त गर्नुभएको छ ।

    मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा हजार २९८ मत अर्थात् ९५६ प्रतिशत ४७० प्रतिशत मत खसेको थियो, जसमध्ये १०७ मत बदर भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.