सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु


  •    न्युजभित्तो/२० फाल्गुन २०८२, बुधबार १४:०५ 
  • म्याग्दी, २० फागुन । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुङ्गाको स्ल्याप बिछ्याउन थालिएको छ ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो ।

    रु ६४ लाख सात हजार लागत अनुमान गरिएको गलेश्वर बजार सौन्दर्यकरण योजना निर्माणका लागि गत मङ्सिर महिनामा रिभर इडेग इन्जिनियरिङ एण्ड बिल्डर्सले रु ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको थियो ।

    योजनामार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि बसपार्कतर्फ ढुङ्गा बिछ्याउने काम सुरु भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा गत वर्षदेखि सुरु भएको यो योजनाले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।

    यस वर्ष दुई ९५ मिटर दूरी सडकमा एक हजार सात सय १८ दशमलव पाँच घनमिटर ‘स्लेट’ ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण हुने बेनी नगरपालिकाका सव इञ्जिनियर मिलन केसीले बताउनुभयो । गत वर्ष गलेश्वर प्रवेशद्वारदेखि मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

    सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुईँमा ढलान र कालोपत्रको विकल्पमा दुई इञ्च बाक्लो ‘कटिङ’ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ । मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सुरु गरिएको सौन्दर्यकरणको योजनालाई निरन्तरता दिने वडाध्यक्ष केसीले बताउनुभयो ।

    गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्याएपछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी कोरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । भुर्इँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ढाँचा गरिएको छ ।

    कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.