सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता


  •    न्युजभित्तो/२० फाल्गुन २०८२, बुधबार १०:४० 
  • राँझा (बाँके), २० फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

    निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपाल–भारत मुख्य नाका जमुनाहलगायत अन्य सहायक नाकाबाट समेत आवतजावतमा रोक लगाइएको छ । सीमानाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीदेखि लिएर जाँचमा पनि कडाइ गरिरहेका छन् ।

    प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै फागनु १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म नेपाल–भारत जमुनाहानाका पूर्ण रूपमा बन्द रहेको छ । यसैगरी क्षेत्र नं १ को नरैनापुर, क्षेत्र नं २ को डुडुवा, क्षेत्र नं ३ को जानकी र खजुरा गाउँपालिकास्थित सीमावर्ती क्षेत्रमा पनि सुरक्षा जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।

    तीन निर्वाचन क्षेत्र रहेका बाँकेमा १३९ मतदानस्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँकेमा तीन लाख ५० हजार ३७१ मतदाता छन् । जसमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार ३३९ पुरुष र नौ जना अन्य मतदाता रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.