सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान भित्रियो


  •    न्युजभित्तो/१९ फाल्गुन २०८२, मंगलवार १४:३० 
  • वीरगञ्ज (पर्सा), १९ फागुन ।  वीरगञ्ज नाका हुँदै  चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको सात महिनामा  वीरगञ्ज  नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । “चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,” उहाँले भन्नुभयो । जबकि गत आवको सात महिनामा भने रु चार खर्ब ६० अर्ब २३ करोड मूल्य बराबरका सामान आयात भएको थियो । चालु आवको सात महिनामा रु एक खर्ब छ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात भएको छ । 

    त्यसैगरी,  रु ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ । सोही अवधिमा रु ३५ अर्ब ८७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । रु ३५ अर्ब ६७ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ । रु २७ अर्ब ९८ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.