सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

  •    न्युजभित्तो/१९ फाल्गुन २०८२, मंगलवार १२:२९ 
  • कञ्चनपुर, १९ फागुन । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मतसँगै रङरोगनको कार्य गरी चिटिक्क पारिएको छ ।

    श्रद्धालुहरूको चन्दा सहयोगले मन्दिर मर्मत गरी नयाँ स्वरुप पाएको हो । पुरानो पर्खाल भत्काएर नयाँ बनाई त्यसमा स्टिलको रेलिङ राखिएको छ । मन्दिरको मुख्य गेट नयाँ ‘डिजाइन’मा पुनर्निर्माण गरिएको छ ।

    मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरी भक्तजनको आवागमन सहज बनाएको रामजानकी धाम तथा पर्यटकीय विकास समितिका अध्यक्ष प्रकाशसिंह ऐरले बताउनुभयो । “मन्दिरको शोभा बढाउन चारैतिर हरियाली र रङ्गीन फूलहरूले सजिएको बगैँचा निर्माण गरेका छौँ, मन्दिर परिसरमा भक्तजन बस्नका लागि चौतारो पनि बनाएका छौँ, यो सबै कार्य स्वदेश र विदेशमा बस्ने भक्तजनहरूको सहयोगले सम्भव भएको छ ।”

    करिब पाँच दशकअघि स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरेको यो मन्दिर पछिल्ला वर्षहरूमा जीर्ण अवस्थामा पुगेको थियो । “मन्दिरको वर्षौँ पहिले ढलान गरिएको छतको ठाउँठाउँबाट प्लास्टर उप्किएका थिए, छाना चुहिने गरेको थियो”, उहाँले भन्नुभयो, “त्यो सबै मर्मत गरी रङरोगनको गरी मन्दिरलाई पुरानै स्वरुपमा फर्काएका छौँ ।”

    अध्यक्ष ऐरका अनुसार मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनले रु पाँच लाख सहयोग गरेको छ भने स्वदेश र विदेशमा बस्ने चन्दादाताबाट सङ्कलित रु दुई लाखभन्दा बढी रकम मन्दिरको मर्मतमा खर्च गरिएको छ । मन्दिरमा विवाह गर्ने जोडीहरूबाट लिइने शुल्कबापत सङ्कलित रु ४५ हजार पनि पुनर्निर्माणमा प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

    “सबैको सहयोगले मन्दिरलाई फेरि पुरानै स्वरुपमा फर्काउन सकेका छौँ”, उहाँले भन्नुभयो । मन्दिर परिसरमा यसअघि संसदीय विकास कोषमार्फत रु १० लाखमा यज्ञशाला र शौचालय निर्माण गरिएको थियो । मन्दिरमा अहिले विवाह, व्रतबन्ध, पूजापाठ, रामनवमी र धार्मिक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन् । रामनवमीका अवसरमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरमा १०८ शिवलिङ्गसहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाहमण्डप, गोरखनाथ र शिवपार्वती मन्दिरसमेत रहेका छन् ।

    अध्यक्ष ऐरका अनुसार केही सामान उधारोमै खरिद गरिएको हुनाले बाँकी ऋण तिर्न मुठ्ठीदान अभियान सुरु गर्ने तयारी गरिएको छ । मुठ्ठिदानबाट बचेको रकमले विद्युत् वायरिङ र मन्दिरका अन्य संरचना सुधारमा खर्च गरिने योजना रहेको उहाँले बताउनुभयो ।

    स्थानीय समाजसेवी चन्द्रबहादुर ऐरले भन्नुभयो, “मन्दिरको सुधारपछि अब मन्दिर हेर्दा मन लोभ्याउँछ, चारैतिर फूलबारी, नयाँ रेलिङ र उज्यालो बत्तीले सुन्दरता झन् बढेको छ ।” उहाँका अनुसार मन्दिर क्षेत्रको जग्गा जोगाउनका लागि पर्खाल आवश्यक रहेको छ । त्यसका लागि सबैको सहयोगको आवश्यकता रहेको छ । यो हाम्रो धार्मिक सम्पदा हो, यसलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो देखाउनुपर्छ ।

    रामजानकी मन्दिरको पुनर्निर्माणसँगै कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ । साँझपख मन्दिर र त्यसको परिसरमा झिलमिल बत्ती र फूलबारीको सौन्दर्यताले भरिएको मन्दिर परिसर अहिले भक्तजनमात्र होइन । आन्तरिक पर्यटकका लागि पनि लोभलाग्दो गन्तव्य बनेको छ । रासस

    कञ्चनपुर, १९ फागुन । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मतसँगै रङरोगनको कार्य गरी चिटिक्क पारिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.