सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना


  •    न्युजभित्तो/१९ फाल्गुन २०८२, मंगलवार १०:५८ 
  • म्याग्दी, १९ फागुन । रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाउनुभएका नगेन्द्र पाइजा र उहाँकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्व पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

    जन्मथलो आउनुभएका पाइजा दम्पतीले बेग स्वास्थ्यचौकीका व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष बिलप्रसाद फगामीलाई अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो ।

    उक्त रकमको ब्याजबाट स्वास्थ्यचौकीमा उपचारका लागि आउने विपन्नहरूको थप उपचारका लागि सहयोग गरिने वडाध्यक्ष फगामीले बताउनुभयो । उहाँका अनुसार थप उपचारका लागि बजारका अस्पतालमा जानुपर्ने विपन्नहरूका लागि यातायात खर्च, दुर्घटना, विपद् प्रभावितहरूलाई आकस्मिक अवस्थामा अक्षयकोषको रकम परिचालन गरिने भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.