सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री


  •    न्युजभित्तो/१९ फाल्गुन २०८२, मंगलवार १०:३५ 
  • कास्की, १९ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ ।

    सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताउनुभयो । “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझेर मतदान केन्द्रमा पुग्नुभएको छ । जिल्लामा शान्ति, सुरक्षालगायत केही समस्या छैन । मतपत्र ढुवानी र मतगणनासम्मको तयारी गरिएको छ”, प्रदेश निर्वाचन अधिकारी ढकालले भन्नुभयो ।

    पोखरा–३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारीले आफूहरु सोमबार साँझ नै सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा आइपुगेको बताउनुभयो । उहाँले निर्वाचन गराउन उच्च मनोबलका साथ उत्साहित भएर लागिरहेको बताउनुभयो । “निर्वाचनलाई लिएर हामी उत्साहित छौँ, कर्मचारी र सुरक्षाकर्मीको हाम्रो टोली मतदान केन्द्रमा आइपुगेका छौँ । मङ्गलबार र बुधबार मतदान केन्द्रमा गर्नुपर्ने सूचना टाँस, सर्वदलीय बैठकलगायतका काम गर्छौँ”, अधिकारीले भन्नुभयो ।

    कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिकाअनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी रहेका छन् । जसमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । त्यसैगरी, मतदान केन्द्रमा एक हजार ९२ जना स्वयंसेवक खटाइने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

    निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी, मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी, मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना र दुई हजार ८६१ जना अस्थायी मतदाता छन् । यसमा महिला ७२० र पुरुष दुई हजार १४१ छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.