सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खानेपानीमा दलहरूको जोड: घरघरमा स्वच्छ पानी पुर्‍याउने प्रतिबद्धता


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १५:२२ 
  • काठमाडौँ, १८ फागुन । नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन् । 

    सुरक्षित, नियमित र गुणस्तरीय पिउने पानीको अभाव अझै पनि देशका धेरै क्षेत्रको प्रमुख समस्या रहेको भन्दै विभिन्न प्रमुख राजनीतिक दलले दीर्घकालीन योजना र संरचनात्मक सुधारका प्रतिबद्धता व्यक्त गरेका हुन् । 

    मुख्य दलले स्वच्छ खानेपानीलाई जनस्वास्थ्य, लैङ्गिक समानता, जलवायु अनुकूलन र दिगो विकाससँग जोड्दै प्राथमिकतामा राखेका छन् । 

    खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले विभिन्न राजनीतिक दलको ल्याएका घोषणापत्रमा राखिएका खानेपानीका व्यवस्थापनका योजना राम्रो रहे पनि बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, स्रोत संरक्षण र पारदर्शितामा प्रभावकारी सुधार नगरेसम्म प्रतिबद्धता व्यवहारमा उतार्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । 

    नेपाली कांग्रेसको प्रतिज्ञा स् ‘सफा पानी, स्वस्थ जिन्दगानी’

    नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा ‘सफा पानी, स्वस्थ जिन्दगानी’ नारासहित सबै नागरिकलाई स्वच्छ पानीमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । वर्षाको पानी सङ्कलन, भूमिगत जल पुनर्भरण, मुहान संरक्षण तथा पुराना पोखरी, कुवा, धारो र चापाकलको वैज्ञानिक पुनःनिर्माणमार्फत दिगो आपूर्ति व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

    दलले जलवायु परिवर्तनका कारण सुक्दै गएका पानीका स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै समुदाय केन्द्रित व्यवस्थापन प्रणाली लागू गर्ने जनाएको छ । घण्टौँ हिँडेर पानी बोक्नुपर्ने अवस्थाको अन्त्य गर्न मुहानदेखि घरधुरीसम्मको वितरण प्रणालीलाई उच्च प्राथमिकतामा अघि बढाइने योजना छ ।

    साथै, मेलम्चीलगायतका निर्माणाधीन सहरी तथा ग्रामीण खानेपानी आयोजना समयमै सम्पन्न गरी स्वच्छ पानीको पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ ।

    एमाले घोषणापत्र: मासिक १० हजार लिटरसम्म पानी निःशुल्क 

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले आगामी पाँच वर्षभित्र सबै निर्माणाधीन खानेपानी आयोजना सम्पन्न गर्ने र प्रत्येक परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

    एमालेले तराईका जिल्लामा नदीबाट पानी ल्याई थोक वितरण प्रणालीमार्फत आपूर्ति गर्ने योजना अघि सारेको छ । आगामी दुई वर्षभित्र सबै घरधुरीमा आधारभूत खानेपानी तथा सरसफाइ सुविधा पुर्‍याउने र पाँच वर्षभित्र गुणस्तरीय पानीमा पूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । पानी व्यवस्थापनमा जिआइएस नक्साङ्कन, स्मार्ट वितरण प्रणाली, चौबिसै घण्टा आपूर्ति, सुक्खाग्रस्त क्षेत्रका लागि वैकल्पिक व्यवस्था तथा विपद् पूर्वतयारी योजना लागू गरिने उल्लेख छ । साथै, जलवायु वित्तको निश्चित हिस्सा मुहान संरक्षणमा लगानी गर्ने, जलाधार क्षेत्र, सिमसार, ताल–तलैया र नदी संरक्षणमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

    नेकपाको घोषणा स् पाँच वर्षमा घरघरमा सफा पानी

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ग्रामीण तथा सहरी विकाससँगै खानेपानीलाई प्राथमिकतामा राख्दै पाँच वर्षभित्र सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराउने घोषणा गरेको छ । दलले व्यवस्थित बस्ती विकास, २० सहरलाई ‘स्मार्ट सिटी’ र १०० ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज’ बनाउने लक्ष्य सार्वजनिक गरेको छ । ‘एक परिवार, एक आवास इकाइ’ अवधारणाअन्तर्गत पाँच वर्षमा पाँच लाख नयाँ आवास इकाइ निर्माण गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.