सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १४:३९ 
  • काठमाडौँ, १८ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताउनुभएको छ । वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई आज पार्टीमा स्वागत गर्दै उहाँले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठयारो परिस्थितिमा नपुग्ने दाबी गर्नुभयो ।

    जेनजी आन्दोलन र भदौ २४ गतेको घटनापछि कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने आवश्यकता बढेको जनाउँदै संयोजक दाहालले त्यसैको परिणामस्वरुप नेकपा गठन भएको स्पष्ट पार्नुभयो ।

    जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातर्फ धकेल्ने तथा दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवादी प्रवृत्तिका विरुद्ध जुधेर राष्ट्र जोगाउन सक्ने क्षमता नेकपासँग मात्रै भएको उहाँको भनाइ थियो । अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता औँल्याउनुभयो ।

    संयोजक दाहालले प्रधानमन्त्री हुँदा आफूले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको बताउनुभयो ।

    उहाँले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पार्टीलाई मतदान गर्न अपिल गर्नुभयो । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उहाँको भनाइ छ ।

    सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबीच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्न नेकपा प्रतिबद्ध रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.