सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लामा ९२५ जना अस्थायी मतदाता


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १३:२१ 
  • जुम्ला, १८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ । 

    जिल्ला अस्थायी मतदाताका यहाँका दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो । 

    जिल्लामा रहेका सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकायलगायत ९२५ जनाले अस्थायी मतदाताअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने निर्वाचन अधिकारी कँडेलको भनाइ छ । 

    निर्वाचनको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेको छ । अन्यको मतदाताको हकमा भने सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य तथा व्यापार कम्पनीको शाखा कार्यालय जुम्लाको प्राङ्गणमा र जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्ला निर्वाचन अधिकारी कँडेलले बताउनुभयो । 

    निर्वाचनका लागि जिल्लामा कूल मतदाता सङ्ख्या पुरुष र महिला गरी जम्मा ७१ हजार ७३९ जना रहेका छन् । छ सय ५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् ।

    जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाको एकमात्र निर्वाचन क्षेत्र रहेकामा नौ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १० जना उम्मेदवारले निर्वाचनमा माग लिएका छन् । 

    मदिरा बिक्रीवितरणमा रोक

    जुम्लामा जिल्ला प्रशासन कार्यालयले यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर यहाँका आठवटै स्थानीय तहमा पूर्ण रूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

    निर्वाचनलाई शान्तिपूर्ण वातारण, स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्रीवितरणका साथै सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

    प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिमाण घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थहरू बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

    प्रशासनको उक्त कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.