सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ: संयोजक दाहाल


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १३:१३ 
  • काठमाडौँ, १८ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आह्वान गर्नुभएको छ ।

    फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उहाँले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

    “भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु हुँदैछ । शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ । हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभएको छ ।

    रङहरूको पर्व होलीले उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहने उल्लेख गर्दै संयोजक दाहालले यसपटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था नरहेको बताउनुभएको छ ।

    “हजारौँ प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन् । यो बेला धेरैका मन भारी छन्, विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्छु”, उहाँले भन्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.