सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १३:११ 
  • म्याग्दी, १८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।

    जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् । आज साँझसम्म म्याग्दीका ८२ वटै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।

    निर्वाचनका लागि आबश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ ।

    मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरूलाई आइतबार नै निर्वाचन सामग्री बुझाइएको थियो । मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरूमा खटिएका कर्मचारीहरूलाई सोमबार निर्वाचन सामग्री बुझाइएको छ ।

    कर्मचारीहरू सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउन लगाउने, निर्वाचन आचारसहिंताको अनुगमन गर्नेलगायत निर्वाचनसम्बन्धी कामहरूको तयारी सुरु गर्ने तयारी गरिएको छ ।

    म्याग्दीमा निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहाहयक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदानका लागि ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ भने कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।

    प्रतिनिधीसभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा। महाविर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । उमेद्वारहरूले ग्रामिण क्षेत्रको घरदैलो सकेर जिल्ला सदरमुकाम बेनी लगायत बजार क्षेत्रमा केन्द्रित भएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.