सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १२:५१ 
  • जानकी (बाँके), १८ फागुन । नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । 

    सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने  क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् । विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको जनाइएको छ । 

    कार्यक्रम सञ्चालित श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा माविमा अनुगमन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यक्रमले विद्यालयस्तरबाटै दिगो वातावरणीय अभ्यासको सुरुआत गरिएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । 

    शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले कार्यक्रममार्फत विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताउनुभयो । 

    सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई फोहोर तथा फोहोरसम्बन्धी अभ्यासहरुको परिचय, फोहोर वर्र्गीकरण यसको बुझाइ, ‘थ्री आर’ विधि, फोहोरबाट कम्पोष्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरु, विद्युतीय फोहोर व्यवस्थापन र फोहोर र जलवायु परिवर्तनको विषयमा कक्षा सञ्चालन गरिएको छ ।

    यसबाट विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ । विद्यालयमा शून्य फोहोर अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहको समग्र वातावरण व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । 

    द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजनाअन्तर्गत सञ्चालित विद्यालयमा शून्य फोहोर कार्यक्रमको आइतबार अनुगमन गरिएको हो ।

    अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायत सहभागी थिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.