सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भिमेसन मन्दिरमा भक्तजनको घुइँचो


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १२:३८ 
  • भादगाउँ, १८ फागुन । फागुपूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागुपूर्णिमामा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।

    फागुपूर्णिमाको दिन भिमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजको दिन भिमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेहरुले बलिसहितको पूजा चढाउँछन् ।

    आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरी बाजा, धा“ बाजा, लगायतका टोली भिमसेन मन्दिर जाने गर्छन् । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । जसलाई स्थानीय भाषामा भिसिंङ पूजा भन्ने गरिन्छ । आजको दिन स्थानीय महिला हाकुपतासीमा सजिएर भिमसेन देवताको पूजापछि समेबजी खाएर एक आपसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ ।

    भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बडेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यसवर्षको फागुपर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.