सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १२:२६ 
  • भोजपुर, १८ फागुन । मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ ।

    गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत मुहान संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको हो । रु २५ लाख बजेटबाट पाँचधारे र तीनधारे मुहानको संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई सय मिटर सिँचाइ कुलो निर्माण, विश्रामस्थल तथा शौचालय निर्माणलगायतका काम गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिनुभयो । संरक्षण गरिएका मुहान हाल खानेपानी र सिँचाइ दुवै प्रयोजनका लागि प्रयोग हुँदै आएका छन् ।

    “प्राकृतिक प्रकोप र बढ्दो मानवीय गतिविधिका कारण धेरै मुहान सुक्दै गएका छन्,” वडाध्यक्ष थापामगरले भन्नुभयो, “त्यसैले दीर्घकालीन रूपमा पानीको स्रोत जोगाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

    उहाँका अनुसार भविष्यमासमेत मुहान सुक्न नदिन रिचार्ज पोखरी निर्माणले थप टेवा पुगेको छ । यसअघि सोही क्षेत्रमा रहेको ठूलो मुहान र लम्साल मुहानको पनि संरक्षण गरिएको थियो । स्थानीय प्रकाश बानियाँले विगतमा मुहान संरक्षण नहुँदा खानेपानीको समस्या भए पनि अहिले सहजता भएको बताउनुभयो । “अहिले संरक्षणपछि निकै सहज भएको छ,” उहाँले भन्नुभयो, “रिचार्ज पोखरी निर्माणले पानीको मात्रा स्थिर राख्न सहयोग गरेको छ ।”

    गाउँपालिका अध्यक्ष थामबहादुर राईले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा जलस्रोतमा नकारात्मक असर देखिएको उल्लेख गर्दै जलाधार संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “हामीले प्राकृतिक रूपमा रहेका मुहानको खोजी, पहिचान र संरक्षणको काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यस्ता स्रोत जोगाउन सकिएन भने भविष्यमा ठूलो सङ्कट आउन सक्छ ।”

    अध्यक्ष राईका अनुसार सडक विस्तार तथा अन्य मानवीय गतिविधिका कारण मुहान सुक्ने जोखिम बढेकाले गाउँपालिका सचेत रहेको छ । नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेटलाई वातावरण संरक्षण र दिगो विकासमा खर्च गरिएको उहाँको भनाइ छ ।

    भुल्के क्षेत्रमा गरिएको संरक्षण कार्यले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.