सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जन्तीको कुटेर हत्या


  •    /१९ बैशाख २०७६, बिहीबार २३:०२ 
  • गोरखा : पालुङटार नगरपालिका–४ कुमाल गाउँमा जन्ती आएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । जन्ती आएका लमजुङ राइनसका ३४ वर्षीय विष्णुबहादुर कुमालको कुटपिटबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    ‘बेहुला पक्षबाट आएका युवा र बेहुली पक्षका युवाबीच झगडा हुँदा कुमालको मुत्यु भएको हो,” प्रहरी उपरीक्षक भोला रावलले भन्नुभयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । लमजुङको राइनासदेखि पालुङटारको कुमाल गाउँमा आएका जन्तीमाथी स्थानीय युवाको समूहले आक्रमण गरेको हो । बुधबार राति भएको आक्रमणमा परी गम्भीर घाइते कुमालको उपचारका क्रममा पोखरामा मुत्यु भएको प्रहरी उपरीक्षक रावलले बताउनुभयो ।

    घाइते कुमाललाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियोे । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै लमजुङबाट आएको युवाको समूहले आज इलाका प्रहरी कार्यालय पालुङटार घेराउ गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.