गोरखा : पालुङटार नगरपालिका–४ कुमाल गाउँमा जन्ती आएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । जन्ती आएका लमजुङ राइनसका ३४ वर्षीय विष्णुबहादुर कुमालको कुटपिटबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘बेहुला पक्षबाट आएका युवा र बेहुली पक्षका युवाबीच झगडा हुँदा कुमालको मुत्यु भएको हो,” प्रहरी उपरीक्षक भोला रावलले भन्नुभयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । लमजुङको राइनासदेखि पालुङटारको कुमाल गाउँमा आएका जन्तीमाथी स्थानीय युवाको समूहले आक्रमण गरेको हो । बुधबार राति भएको आक्रमणमा परी गम्भीर घाइते कुमालको उपचारका क्रममा पोखरामा मुत्यु भएको प्रहरी उपरीक्षक रावलले बताउनुभयो ।
घाइते कुमाललाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियोे । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै लमजुङबाट आएको युवाको समूहले आज इलाका प्रहरी कार्यालय पालुङटार घेराउ गरेका थिए ।