सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेशमा सुरक्षा व्यवस्था कडा


  •    न्युजभित्तो/१७ फाल्गुन २०८२, आईतवार १६:२७ 
  • जनकपुरधाम, १७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आचारसंहिता उल्लघङ्न हुन नदिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रुपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

    प्रदेशसँग जोडिएका नेपाल –भारत सीमाक्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । चेक प्वाइट खडा गरिएको छ भने विशेष निगरानी भइरहेको छ । आठवटै जिल्लाका मतदान केन्द्रहरुको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको सो कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार मधेस–प्रदेशमा दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा छन् । प्रदेशमा भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध तरिकाले कार्य अगाडि बढाइएको मधेस–प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाको भनाइ छ । प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अतिसंवेदनशील वर्गाीकरण गरिएको उहाँले भन्नुभयो ।

    मधेस–प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको, ७५५ मतदानस्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदानस्थल सामान्य अवस्थामा रहेको बताइएको छ ।

    सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् । त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोतरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।

    मधेश प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ । निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रगरी एक हजार २८ जना उम्मेदवार छन् । प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.