सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार १६:३३ 
  • गोरखा, १३ फागुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई दिएको छ । गोरखा नगरपालिका-७ नयाँबजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदान केन्द्र ‘क’लाई ‘मोडलबुथ’का रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक महिला मात्र खटाइएको हो । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७०० मतदाता रहेको सिटीहल मतदानस्थलमा दुई मतदान केन्द्र छन् । सो केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक तथा सहयोगी कर्मचारी महिला राखिएको जनाउँदै मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले महिला नेतृत्वले शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक निर्वाछन सम्पन्न गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस मतदान केन्द्रमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य प्रशासक सिम्रन काफ्लेको नेतृत्वमा छ जना महिला कर्मचारी खटाइएको छ ।

    यहाँ सहायक मतदान अधिकृत गोरखा जिल्ला अदालतकी नायब सुब्बा देवीकुमारी शर्मा, सहायक कर्मचारीमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाकी महिला विकास निरीक्षक इन्दिरा बराल, सहिद लखन गाउँपालिकाकी सामाजिक परिचालक सुनिता थापा, ढुङ्गागाढे आधारभूत विद्यालयकी शिक्षक विनु विक रहेका मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोगी कर्मचारीमा जिल्ला सरकारी वकिल कार्यालयकी कार्यालय सहायक शान्ता थापा रहनुभएको छ ।

    सो मतदान केन्द्रमा महिला प्रहरी सहायक निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी र निर्वाचन प्रहरी पनि महिला परिचालन गरिने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो । महिला नेतृत्वको सवलीकरणलाई प्रोत्साहन गर्न जिल्लाभरका ३३३ मतदान केन्द्रमध्ये एउटालाई नमूना मतदान केन्द्रका रूपमा सञ्चालन गर्ने नीति बनाइएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।

    दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा २२५ मतदानस्थलमा स्थायी ३३१ र अस्थायी दुई गरी ३३३ मतदान केन्द्र छन् । एउटा मतदान केन्द्रमा कम्तीमा छ जना कर्मचारीका दरले एक हजार ९९२ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले सोमबार र मङ्गलबार ६६६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.