सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १२:५९ 
  • काठमाडौँ, ११ फागुन । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ । 

    कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहनुभएको छ ।

    कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा  राजदूत डा तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताउनुभयो । उहाँले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    राजदूत तुम्बाहाङफेले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराउनुभयो।  उहाँले आगामी दिनमा पनि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा अन्य दुई देशका राजदूतहरूलाई पनि उपभोक्ता हित, अन्तरराष्ट्रिय सहकार्य तथा आपसी सम्बन्ध प्रवर्द्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.