सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीदहरुको सम्झनामा देवघाटमा लाखबत्ति प्रज्वलन


  •    न्युजभित्तो/१६ माघ २०७६, बिहीबार २१:४९ 
  • देवघाट । शहीदहरुको सम्झनामा आज देवघाटमा लाखबत्ति प्रज्वलन गरिएको छ । केन्द्रीय अमर प्रहरी शहीद परिवार संघ नेपाल, चितवनको आयोजनामा देवघाटधाममा शहीदहरुको आत्म शान्तिको लागि लाखबत्ति प्रज्वलन गरिएको हो ।

    केन्द्रीय अमर प्रहरी शहीद परिवार संघ नेपालका सल्लाहकार विष्णुप्रसाद सापकोटाले लाखबत्ति प्रज्वलन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सापकोटाले शहीदहरुले बगाएको रगतलाई खेर जान दिन नहुने बताउनुभयो ।

    त्यस अवसरमा पूर्व प्रहरी संघका केन्द्रिय सदस्य रामकृष्ण कार्कीले शहीद प्रहरी परिवारको पक्षमा आफुहरु सधैँभरी लडिरहने बताउनुभयो । कार्यक्रममा पूर्व प्रहरी संघ चितवनका उपाध्यक्ष तिलकबहादुर खड्का, जिल्ला सदस्य लालुमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    केन्द्रीय अमर प्रहरी शहीद परिवार संघ नेपालका उपाध्यक्ष लालकुमारी सिलुवालले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम केन्द्रीय अमर प्रहरी शहीद परिवार संघ नेपालका अध्यक्ष सरस्वती पौडेलको अध्यक्षतामा भएको थियो । लाखबत्ति प्रज्वलन कार्यक्रममा सशस्त्र द्वन्द्वमा वीरगति प्राप्त गर्ने शहीद प्रहरी परिवारका ५० जना भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.