सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर विद्यालय फुटसलको उपाधी वाल्मिकीलाई


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार २२:१५ 
  • चितवन । भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको रजत महोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधी वाल्मिकी शिक्षा सदनले जितेको छ । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलमा सनराइज बोर्डिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै वाल्मिकीले उपाधी उचालेको हो । बिजेता बनेको वाल्मिकीले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    त्यस्तै, वाल्मिकीकै हिमांशु थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । विजेतालाई ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्कीले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार वितरण गर्दै प्राचार्य कार्कीले विद्यार्थीहरुलाई अध्ययन अध्यापनसँगै अतिरिक्त कृयाकलापहरुमा सहभागी गराउन आवश्यक हुनेमा जोड दिनुभयो । विद्यार्थीको रुची अनुसारनै उनीहरुलाई अघि बढ्न दिनुपर्ने उहाँको भनाई थियो ।

    राजत महोत्सव अन्तर्गत बिहीवार श्रीपञ्चमी विशेष कार्यक्रम तथा सहिद दिवस, १७ गते प्राथमिक तहको साँस्कृतिक कार्यक्रम, १९ गते जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा २० गते जिल्ला स्तरीय अन्तर विद्यालय बिज्ञान प्रदर्शनी गरिने प्राचार्य कार्कीले जानकारी दिनुभयो ।

    यस्तै २१ गते निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग, २२ गते भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह र अन्तिम दिन २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव समारोह गरिने ग्रीनल्याण्ड पब्लिक स्कुलले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.