सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक हप्तादेखि भरतपुरमा जारी लोडसेडिङ अन्त्य, भोलिदेखि विद्युत नियमित हुने


  •    /१९ बैशाख २०७६, बिहीबार १८:४७ 
  •  

    भरतपुर :

    विगत एक हप्तादेखि भरतपुरमा जारी लोडसेडिङ अन्त्य भएको छ । भरतपुरमा भोली (शुक्रवार) देखि विद्युत नियमित हुने भएको हो । नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमता बिस्तारको काम सकिएकाले विद्युत नियमित हुने जनाएको छ । एक हप्तादेखि ट्रान्सफर्मरको क्षमता बिस्तारका लागि पटक–पटक विद्युत कटौती हुँदै आएको थियो ।

    भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडमा रहेको सबस्टेशनमा रहेको १५ एमभिएको ट्रान्सफर्मरले गर्मी समयमा बढी बिद्युत खपत हुँदा लोड नधानेपछि क्षमता बृद्धि गरी ३० एमभिएको ट्रान्सफर्मर परिवर्तन गरिएको हो । ट्रान्सफर्मर राख्ने काम सकिएको र आज (विहिवार) आधा क्षमताबाट संचालन भइसकेको नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो । उहाँले प्राबिधिक रुपमा कुनै समस्या नआए भोली (शुक्रबार)बाट भरतपुरको विद्युत नियमित हुने बताउनुभयो ।

    गर्मी समयमा १५ एमभिएको ट्रान्सफर्मरट्रान्सफर्मरको क्षमता बिस्तारकाले लोड नधान्दा भरतपुर क्षेत्रमा लाइन काट्नुपर्ने समस्या थियो । ट्रान्सफर्मरको क्षमता बिस्तारसँगै यो समस्या अन्त्य भएको छ । भोजाडको सबस्टेशनबाट भरतपुर र नारायणगढको बजार क्षेत्रमा विद्युत आपूर्ति हुँदै आइरहेको छ ।

    प्राधिकरणले भोजाड सबस्टेशनमा रहेको अर्को २२ एमभिएको ट्रान्सफर्मरलाई पनि बिस्थापन गरेर ३० एमभिएको राख्ने योजना बनाएको छ । एक हप्तापछि अर्को ट्रान्सफर्मर परिवर्तन गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । दुवै ट्रान्सफर्मर परिवर्तन गरेपछि भरतपुर र नारायणगढ क्षेत्रमा विद्युत प्रवाह नियमित हुने अपेक्षा गरिएको छ । यस अघि भार क्षमता कम हुँदा ठूला विद्युतीय उपकरण सञ्चालन गर्न समस्या हुने गरेको थियो । जसले गर्दा समय समयमा विद्युत कटौती हुने समस्या रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.