सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा पर्यटक प्रवद्र्धन अभियान चलाइने


  •    /१९ बैशाख २०७६, बिहीबार ११:१२ 
  • रत्ननगर  :

     

    नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

     

    क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा होटलको बुक नगन्य मात्रामा हुने गरेको बताउँदै प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाउने अभियान चलाउन लागिएको जानकारी दिनुभयो । सौराहामा लामो समयदेखि होटलले एउटै खाले सेवा दिइरहेकाले सौराहामा आकर्षण बढ्न सकेको छैन ।

     

    नयाँ वर्षको समयमा सौराहामा कोठा नपाएर आन्तरिक पर्यटक फर्किन्छन् तर अन्य समयमा सुनसानजस्तै हुन्छ । त्यसैले बाह्रैमास पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न नयाँ प्याकेज ल्याउनेबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । “सौराहामा धेरै पर्यटक राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “नयाँ प्याकेज ल्याए मात्रै बाह्रैमास पर्यटक सौराहा भित्र्याउन सकिन्छ ।”

     

    सौराहामा पर्यटकलाई हात्ती तथा जीप सफारी, थारू संस्कृति अवलोकन र जङ्गल पदयात्रालगायतका प्याकेज मात्रै छ । विगत वर्षमा भारतका केही सीमावर्ती शहरमा सौराहाका बारेमा प्रचारप्रसार गरे पनि त्यसपछि खासै कार्यक्रम गरिएको छैन । पर्यटन बोर्डसँगको समन्वयमा भारतका केही शहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना व्यवसायीको छ । सौरहामा हाल साना ठूला गरी ११० होटल छन् । यहाँ वार्षिक दुई लाख पर्यटक आउने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.