सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनकी डा. सञ्जु भट्टले अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने


  •    न्युजभित्तो/२२ पुष २०८२, मंगलवार १९:४२ 
  • काठमाण्डौं, २२ पुस । संयुक्त राज्य अमेरिकाको लस भेगासमा हुने विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२६ मा नेपालबाट डा. सञ्जु भट्टले प्रतिनिधित्व गर्ने हुनुभएको छ ।

    भट्टले आगामी जनवरीमा २२ देखि ३० जनवरीसम्म हुने प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्न लाग्नु भएको हो । मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण सो प्रतियोगितामा सहभागी हुन असमर्थ भएपछि उहाँको स्थानमा डा.सञ्जु भट्टलाई नेपालको प्रतिनिधित्वका लागि चयन गरिएको मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेन्मेन्टका सीईओ निशु कान्त झाले जानकारी गराउनुभयो ।

    डा. सञ्जु भट्ट रिबन इन्टरटेन्मेन्ट प्रालिद्वारा केहीअघि राजधानीमा भव्यताका साथ सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२५ प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ को उपाधि विजेता हुनु भएको थियो ।

    मिसेस वर्ल्ड २०२६ मा नेपालकोे गौरवमय प्रतिनिधित्व गराउनेबारे मंगलबार राजधानीको नयाँ बानेश्वरस्थित ईन्द्रेणी सुईट होटलको बेभ लाउन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएअनुसार डा.भट्टको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताका आधारमा उहाँलाई मिसेस वर्ल्ड मा प्रतिनिधित्व गराउने निर्णय गरिएको हो ।

    प्रतियोगिताको तयारी स्वरूप मिसेस् नेपाल भट्टले विभिन्न अनुभवी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट व्यक्तित्व विकास, -याम्प वाक, पब्लिक स्पिकिङ्ग, फिटनेस तथा ग्रुमिङसम्बन्धी प्रशिक्षण लिइरहनु भएको छ । उहाँले प्रतियोगितामा प्रस्तुत गर्ने राष्ट्रिय पोशाक (नेशनल कस्ट्युम) को डिजाइन आईआईएफटी नेपालद्वारा तयार पारिँदै छ भने अन्य विभिन्न चरणमा प्रयोग हुने पहिरन सेन्ट्रल फेशन स्कूल तथा अन्य प्रख्यात फेसन डिजाइनरहरूसँगको समन्वयमा व्यवस्थापन गरिएको छ ।

    यसअघि पनि नेपालबाट पृथिविया थापा र दीक्षा केसीले मिसेस वर्ल्डमा सहभागी भई नेपालको प्रतिनिधित्व गरिसक्नु भएको छ । यसपटक मिसेस् नेपाल डा.भट्टले सो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान थप मजबुत बनाउने अपेक्षा आयोजकले गरेका छन् । भट्ट चितवनको रत्ननगर निवासी हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.