सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी


  •    न्युजभित्तो/२२ पुष २०८२, मंगलवार १२:५१ 
  • राँझा (बाँके), २२ पुस । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ । 

    बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

    “हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखापरेको छैन”, उहाँले भन्नुभयो, “दुर्घटनास्थलमा फर्केर नआएकाले आहारा पछि आफ्नो बाटो लागेको हुनुपर्छ ।” 

    राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।

    बाघले आफ्नो आहारा जोगाउन दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने प्रमुख वरिष्ठ संरक्षण अधिकृत कँडेलको अनुमान छ । “बाघले गाई मारेर खाइरहेको अवस्थामा गोठालो जानुभएका भण्डारी नजिकै पुगेका कारण आहारा जोगाउन बाघले आक्रमण गरेको हुनसक्छ”, कँडेलले भन्नुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.