सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १६:५३ 
  • काभ्रेपलाञ्चोक, १८ पुस । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । 

    काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् ।

    यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७२६, महिला ८१ हजार ७८४ र अन्य एक मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाको १३ स्थानीय तहमा १३५ वडा छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा १९० मतदान केन्द्र तथा ३८९ मतदान केन्द्र कायम गरिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.